२०८३ कार्तिक १० गते सोमवार

अधिकांस महिलाहरु अझै पनि घरमै सुत्केरी

हिरा गौतम,तुलसीपुर,८ बैशाख । ग्रामिण भेगका अधिकांस महिलाहरु अझै पनि घरमै सुत्केरी हुने गरेको पाईन्छ । घरमै सुत्केरी हुदा बच्चा र आमाको स्वास्थ्य जोखिम हुन्छ भन्ने कुरा जानकारी नहुदा अझै पनि गाउँघरमै सुत्केरी गराउनेको संखया उत्तिकै रहेको स्वांस्थ्यकर्मिहरु बताएका छन् । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा कार्यरत नर्सिङ प्रमुख अमृता कुमारी पुनले जनचेतनाको कमीका कारण गा्रमिण क्षेत्रका महिलाहरु घरमै सुत्केरी हुने गरेको बताएकी छिन् । स्वास्थ्य संस्थामा सुत्केरी गराउदा बच्चा र आमा दुवैको स्वास्थ्य सुरक्षित हुने भन्दै यसबारेमा गाउँघरका महिला स्वंयम सेविकाले पनि सचेत गराउनु पर्ने उनको भनाई छ । उनका अनुसार अन्चल अस्पतालमा मासीक रुपमा डेढ सय देखी दुई सम्म महिलाहरु सुत्केरी हुन आउने गरेको बताइकी छिन् । अस्पतालमा सुत्केरी गराउनुपर्छ भन्ने खालको चेतना फैलाउन आबश्यक रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७५ बैशाख ८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।