२०८३ कार्तिक ११ गते बुधवार

तालिम सेन्टरका प्रशिक्षार्थीको हातमा झाडु

तुलसीपुर, १९ फागुन । कोही झाडुले बढारिरहेका थिए त कोही हातमा बोरा लिएर बोरामा फोहोर उठाउँदै थिए । तुलसीपुरमा रहेका विभिन्न तालिम सेन्टरमा तालिम सिकिरहेका प्रशिक्षार्थीहरु अरु दिनमा प्रशिक्षण पछि घरतिर लाग्छन् तर आज उनीहरु घरतिर जाने बेलामा कोही झाडु समाते भने कोहीले हातमा बोरा समाते र मैदान सफा गर्न तल्लीन भए ।

यो दृश्य अरु कहीँको नभएर दाङको तुलसीपुर स्थित अरनिको मैदानकै हो । आज विहानै विभिन्न रङका डेस लगाएका प्रशिक्षार्थीहरुले सरसफाई गरेका छन् । भोली फागुन २० गतेदेखि हुने तेस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०८० को पूर्व सन्ध्यामा आज मैदान परिसर सरसफाई गरिएको हो । द क्रस फायर तालिम सेन्टर, फलोशिप तालिम सेन्टर, हिरा डाङ्गी फुटबल एकेडेमी, लक्ष्य एकेडेमीका प्रशिक्षार्थीहरुको सहभागितामा सरसफाई गरिएको हिरा डाँगी फाउन्डेशनले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।