काठमाडौँ, १२ फागुन । बङ्गुरको महामारीका रूपमा रहेको अफ्रिकन स्वाइन फिभर तत्काल नियन्त्रण नभए सवा १५ अर्बभन्दा बढीको क्षति हुन सक्ने नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार यो रोग नियन्त्रण नभए ५ लाख ४३ हजार बङ्गुरमा सङ्क्रमण फैलिने र १५ अर्ब १६ करोडभन्दा बढी नोक्सानी हुनेछ । परिषद्काअनुसार अफ्रिकन स्वाइन फिभर पनि ठूलो महामारी हो । यसको उपचार विधि छैन भने भ्याक्सिन पनि बनेको छैन । यही कारण देखाएर बिमा कम्पनीले बिमा गर्न मानेका छैनन् । अफ्रिकन स्वाइन फिभरका कारण गण्डकीको ४ जिल्लामा १६ हजार ५ सय ५४ बङ्गुर मरेर ५० करोडको आर्थिक नोक्सानी भएको छ ।
तत्काल नियन्त्रण नभए ५ लाख ४३ हजार बङ्गुरमा सङ्क्रमण फैलिएर १५ अर्ब १६ करोडभन्दा बढी नोक्सानी हुने देखिएको छ । ०७९ जेठ २ मा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखापरेको थियो ।।
प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।