काठमाडौं, २ माघ । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिनुभयो । रोजगारीका लागि रुसी सेनामा भर्ती हुन पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उहाँले बताउनुभयो ।
मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले र्मनीमा रहेका मृतकका भाइ कुमार गुरुङलाई मृत्युको खबर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।