२०८२ मङ्सिर १९ गते शुक्रवार

विदेशको ज्ञानले आफ्नै जन्मथलोमा सेवा दिदै दाङका डा. सन्देश लम्साल

तुलसीपुर, ३ पौष ।  दाङको घोराही उपमहानगरपालिका ९ मछाहीमा २०५१ साल भदौ १ गते जन्मिएका डा. सन्देश लम्साल विभिन्न सामाजिक मिडिया प्लेटफर्महरूमा नवीनतम, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामाग्री सृजना गरेर होस् अथवा सार्वजनिक, व्यवसायिक, सामाजिक र व्यक्तिगत जीवनमा उल्लेखनीय उपलब्धिहरूका कारण होस् नेपालमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । उहाले २०७० सालमा तुलसी उच्च माध्यमिक इङ्लिस स्कूलबाट उच्च माध्यमिक शिक्षा पूरा गर्नु भएको थियो । जन्मभुमी दाङबाट शुरु भएको डा. लम्सालको शैक्षिक यात्रा सेप्टेम्बर २०१४ मा एम.डी. पाठ्यक्रमका पढाईका लागि रूस सरकारबाट छात्रवृत्ति पाएर रुसको सेन्टपीटर्सबर्ग राज्यसम्म पुग्न सफल भयो । जहाँ उहाले आफ्ना अध्ययन मात्र नगरेर नेपालका प्रतिनिधिको रूपमा समेत सेवा गर्ने मौका प्राप्त गर्नु भएको थियो । उहाँले आफ्ना ७ वर्षको रुस बसाईमा तत्कालिन नेपाल सरकारका प्रतीनिधीहरु रूस भ्रमणमा गएको मौका छोपी नेपालबारे छलफल र अन्तरकृया कार्यक्रमहरू गर्नुभएको थियो । विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपाली संस्कृति, परम्परा र पर्यटनलाई बढवा दिनका लागि उहाले प्रसंशनिय भुमिका समेत खेल्नु भएको थियो ।

सोही क्रममा  नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, सुचना तथा संचारमन्त्री रेखा शर्मा, राष्ट्रीयसभाकी पूर्व अध्यक्ष ओनसरी घर्तिमगर, प्रतिनिधिसभाका पूर्व सदस्य कोमल वली र पूर्व परराष्ट्रमन्त्री रामशरण महतले पनि उहाको आफ्नो देश नेपाल प्रतिको समर्पणको खुल्ला हृदयले प्रशंसा पनि गर्नुभएको थियो । पढाईका साथसाथै उहाको खेलकुद प्रति पनि रुची रहेको पाइन्छ । जसको फलस्वरुप, उहाले सन्न २०१४ मा विश्व तेकवान्डो (कुक्किवन), कोरियाबाट  1 डन ब्ल्याक बेल्ट र २०१८ मा  2 डन ब्ल्याक बेल्ट समेत प्राप्त गर्नुभएको छ । डा. लम्सालले पछिल्लो समय विभिन्न सोशल मिडिया प्लेटफर्महरूमा आफ्ना रचनाहरु सम्प्रेशन गर्दै आकर्षक सामग्रीहरु प्रस्तुत गर्नुभएको छ । उहाँका सामग्रीले विभिन्न सोशल मिडिया प्लेटफर्महरूमा ठुला मात्रामा अनुयायीहरुलाई आकर्षित गरेका छन् । उहाँले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न सामाजिक मुद्दाहरू जस्तैः भेदभाव, लैंगिक असमानता, अन्याय, असहिष्णुता आदिको बारेमा सक्रिय रूपमा आवाज उठाउँदै आउनुभएको छ । त्यसकै फलस्वरुप उहाँ इन्स्टाग्राममा १ मिलियन फलोअर हुने नेपालको पहिलो ईन्टरनेट सेलिव्रेटी र डाक्टरको रुपमा चिनिनुहुन्छ । रुसको सेन्ट पिटर्सबर्गमा सम्पन्न भएको फिफा कन्फेडेरेशन कप २०१७ र फिफा विश्वकप २०१८ मा समेत उहाँले चिकित्सा स्वयंसेवकका रूपमा काम गर्ने सौभाग्य पाउनुभएको थियो ।

चुनौतीपूर्ण कोभिड–१९ महामारीको समयमा, डा. लम्सालले सामाजिक मीडिया प्लेटफर्महरूमा विभिन्न भिडियोहरूका माध्यमबाट सामाजिक दूरीको आवश्यकता, कोभिड–१९ को रोकथाम र सुरक्षा उपायहरूको लागि सक्रिय योगदान गर्नुभएको थियो । यससँगै, उहाँले विभिन्न स्वास्थ्य सम्बन्धि विषयहरूमा ज्ञानवर्धक चिकित्सा लेखहरू लेख्नुहुन्छ । जसलाइ अनलाइनखबर जस्ता राष्ट्रिय मिडिया आउटलेटहरूमा प्रकाशित गरिएको छ । सानै उमेरदेखी समाज सेवामा रुची राख्ने डा. लम्साल अहिले पनि समाज सेवामा अग्रसर हुनुहुन्छ । उहाँले जनतालाई स्वास्थ्यको बारेमा शिक्षित गर्दै आउनुभएको छ । फलस्वरुप, उहाँका लेखहरूले विश्वभरबाट धेरै प्रशंसा पाएका छन् । रुसमा हुदा होस् वा नेपालमा जहिले पनि आफुलाई सक्रिय अभियान्ताको रुपमा प्रस्तुत गर्न सफल डा. सन्देशले रुस देखि नेपालसम्मका धेरै राजनेताहरुसंग नजिक रहेर देश र समाजसेवामा दत्त चित्त रहनुभएको छ । हाल उहाँ दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा कार्यरत हुनुहुन्छ । आफ्नै जन्मभुमी त्यसैमा पनि गृह जिल्लामै विरामीहरुको सेवा गर्न पाउदा उहाले आफुलाई गर्व गर्नुहुन्छ । विदेशमा शिक्षा आर्जन गरेतापनि आफ्नो जन्मभूमिलाई माया गर्ने डा. लम्साल दाङ जिल्लामा रही यहाँका बिरामीहरुको सेवा गर्न पाउँदा आफू सन्तुष्ट रहेको बताउनुहुन्छ ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया