तुलसीपुर, ८ मंसिर । दाङमा यसवर्ष गहुँ लगाउने क्षेत्रफल घट्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रले दाङले जिल्लामा यस वर्ष ७ सय ५ हेक्टर अर्थात् ५ दशमलव ७ प्रतिशत क्षेत्रफल घट्ने अनुमान गरेको छ ।यस वर्ष किसानहरू तोरी बालीमा बढी आकर्षित भएपछि गहुँ लगाउने क्षेत्रफल र गहुँको उत्पादनमा कमी आउने आँकलन गरिएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । गतवर्ष १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेतीबाट ३९ हजार २ सय १५ मेट्रिकटन उत्पादन भएको थियो । अर्थविज्ञ लामिछानेका अनुसार गहँु छर्ने जग्गामा तोरी छरेकाले गहुँ छर्ने क्षेत्रफल घटेको हो ।
तोरी काटेर फेरी चैते मकै लगाउने भएकाले किसानहरूले गहुँभन्दा तोरीमा आकर्षित भएका हुन् । तोरी गहुँभन्दा छिटो हुने बाली भएकाले धेरै आम्दानी गर्ने उद्देश्यले गहँु लगाउन छोडेर तोरी लगाउन थालेपछि गहुँ खेती गर्ने क्षेत्रफल घटेको उहाँको भनाइ छ ।तोरी काटेर फेरी चैते मकै लगाउने भएकाले किसानहरूले गहुँभन्दा तोरीमा आकर्षित भएका हुन् । गहुँ लगाएपछि फेरी वर्षामा धान लगाउन ढिलाइ हुने भएकाले पनि किसानहरू गहुँ लगाउन छोडेर तोरी लगाउन थालेका हुन् । उहाँका अनुसार दाङमा गौतम, २ सय ९७, विएल ४३÷४१, बारगुञ्जा, जिङक, दोर्नल २०÷२०, बिएए जातको गहँु खेती हुने गरेको छ । दाङमा गहँु छर्ने उपयुक्त समय कार्तिकको १५÷२० गतेदेखि मंसिरको १० गतेसम्म हुने अर्थविज्ञ लामिछानेले बताउनुभयो ।
गहुँको खेती कसरी गर्नुपर्छ ? पारिलो घाम लाग्ने, खुल्ला ठाउँ, बर्बुराउँदो चिस्यान रहेको बलौटे दोमट माटो हुर्ने अर्थविज्ञ लामिछानेले बताउनुभयो । चिसो भनेको हिलोमाटो भएको चिसो नभएर बर्बुराउँदो चिस्यान भएपछि राम्रो हुन्छ । डल्लाहरू नभएको दुई÷तीन पटक जोतेर मसिनो धुलो बनाएर छर्नुपर्छ । गहुँ छर्ने बेलामा रासायनिक मल डिएपि र पोटास हाल्नुपर्ने उहाँँको भनाइ छ ।‘किसानहरूले गहुँ छर्ने बेलामा रासायनिक मलसँगै डिएपि मल पनि मिसाएर हाल्ने गर्छन्’ उहाँँले भन्नुभयो–‘तर त्यसो गर्नुहुँदैन, युरियाको आवश्यकता छर्ने बेलामा हुँदैन ।’ गहुँ छरेको २२ देखि २५ दिनमा पहिलो सिँचाइ गर्नुपर्ने उहाँँले बताउनुभयो । ‘यो अवधिमा पहिलो सिँचाइ अति अनिवार्य हो’ उहाँले भन्नुभयो– ‘गहुँमा यस समयमा सिँचाइ गर्न नसकेमा गहुँको उत्पादनमा आधाले गिरावट आउन सक्छ ।’ पलाउने बेलामा क्राउन रोग लाग्ने भएकाले उक्त रोग नियन्त्रण गर्नका लागि यो सिँचाइको आवश्यकता पर्ने उहाँको भनाइ छ । गहुँ पलाउने बेलामा चिस्यान चाहिने र सिँचाइ गरिसकेपछि विभिन्न किसिमका झार उम्रने भएकाले एकपटक झार मार्ने औषधी छर्नुपर्ने उहाँले बताउनुभयो ।
गहुँमा पहिलो सिँचाइ पश्चात् युरिया छरेर छोड्ने गरेमा विभिन्न किसिमका झारहरूलाई हुर्कन सजिलो हुने भएकाले पनि झार मार्ने औषधी छर्नुपर्ने अर्थविज्ञ लामिछानेको भनाइ छ । गहुँँले लिनुपर्ने तत्वहरू झारले लिँदा उत्पादनमा कमी आउने भएकाले झार मार्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । यसैबीच गहुँको उत्पादन राम्रै भएपनि गहुँमा दाङ आत्मनिर्भर भने छैन । सबै पालिकामा गहुँखेती भएपनि आत्मनिर्भर हुन भने नसकेको उहाँले बताउनुभयो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।