२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरमा १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

फाइल फाेटाे

तुलसीपुर, १७ कात्तिक । तुलसीपुरमा ६ महीना देखि ५९ महिना सम्मका करिब १६ हजार बालबालिकालाई भिटामिन ए औषधि खुवाँइदै छ । त्यसैगरी १३ हजार भन्दा बढी १ वर्ष माथिकालाई जुकाको औषधि र ७ हजार भन्दा बढी बालबालिकालाई बालभिटा पनि सँगै बितरण गरिने जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आएपनि यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको हो।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले आज र भोलि भिटामिन ए कार्यक्रममा सरिक भई बालबालिकालाई स्वस्थ निरोगी राख्न आग्रह गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न कोही कसैलाई पनि नछुटाई सहयोग गर्न स्वास्थ्य स्वयंसेविका लगायत सम्पूर्ण सरोकारवाला निकाय, स्वास्थ्य कर्मीलाई आह्वान गर्नु भएको छ । सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम र जुकाको औषधि  २०५६ बाट खुवाउन थालिएको हो ।

यो कार्यक्रममा देशभरिका  स्वास्थ्य स्वयंसेविका र  स्वास्थ्यकर्मीलाई परिचालन गरिने छ भने दाङमा एक हजार भन्दा बढी र तुल्सीपुरमा तुलसीपुरमा २०४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिदै छ भने यो अभियान हरेक वडाका टोल, खोप केन्द्र, स्वास्थ्य संस्थाबाट खुवाइँदै छ । भिटामीन ए ले बालबालिकामा रोग प्रतिरोधातमक क्षेमता अभिवृद्धिसँगै बाल मृत्युदर घटाउन सहयोग पुर्‍याउँछ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा देशभर ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।