२०८३ भाद्र २७ गते शनिवार

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको काम सुस्त

बाँके, ९ कात्र्तिक । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्त गतिमा भइरहेकाले निर्माणको समय लम्बिंदै गएको छ । आयोजना निर्माणको समयावधि लम्बिँदै जाँदा लागत पनि सोही अनुपातमा बढ्दै गएको आयोजनाले जनाएको छ । १८ वर्षअघि ७ अर्ब रुपियाँ लागत लाग्ने भनी सुरु गरिएको सो आयोजना अझै पूरा नहुँदा हाल लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ । तर काम भने अझै सुस्त गतिमा चलिरहेको स्थानीयको भनाइ छ । सो आयोजना निर्माणकर्ताका अनुसार हालसम्म निर्माणमा २० अर्ब २५ करोड रुपियाँ खर्च भइसकेको छ । सो बाट २० हजार २०० हेक्टर जमिनमा सिंचाइ पुगेको छ । एक अर्ब रुपियाँ खर्च बराबर एक हजार हेक्टरमा सिंचाइ सुविधा पुगेको आयोजना निर्माणकर्ताले जनाएका छन् । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट ४ हजार २०० गरी २० हजार २०० हेक्टर जमिनमा सिंचाइँ पुगेको सिक्टा सिंचाइ आयोजनाले जनाएको छ । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगाउने उद्देश्यले आर्थिक वर्ष २०६२–६३ देखि सिक्टा सिंचाइ आयोजना निर्माण सुरु गरिएको थियो । आयोजना सुरु भएको करिब दुई दशकमा २० अर्ब बढी खर्च हुँदा पनि लक्ष्यको ५० प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा पुगेको छ । तेस्रो पटक गुरुयोजना परिवर्तन गरेर विस २०९० मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, विभिन्न कारणले निर्माण निकै सुस्त गतिमा भइरहेकाले सो अवधीमा पनि पूरा हुने सम्भावना भने कम मात्र रहेको देखिएको छ ।सिआइएनबाट साभार गरिएको हो ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।