तुलसीपुर २३ असाेज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तुलसीपुर घोराही फोरलेन सडक निर्माण गरेरै छोड्ने दाबी गर्नु भएको छ । मेचीमहाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत तुलसीपुरको मदनआश्रित चोकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले यस्ता दाबी गर्नु भएको हो । निर्माण व्यवसायीले फोरलेन सडकको काम समयमै गर्न नसकेका कारण टेन्डर तोड्न बाध्य भएको बताउँदै मन्त्री ज्वालाले सरकार नयाँ प्रकृयामा गएकाले तिहार लगत्तै फोरलेन सडकको टेण्डर गर्ने बताउनुभयो ।
याे पनि हेर्नुहाेस
सुन्ने मान्छे नभएपछि माधव र झलनाथले तुलसीपुरमा भाषण गरेनन्
त्यसैगरी मन्त्री ज्वालाले लुम्बिनी र कर्णाली प्रदेशको राजधानीलाई २ घन्टामा सहज रुपमा जोड्ने गरि तुलसीपुर–सुर्खेत, तुलसीपुर अमिलिया र तुलसीपुर देखि सल्यान हुँदै रुकुम जोड्ने सडक निर्माणको कामलाई अघि बढाउने बताउनुभयो । त्यस्तैगरी वैकल्पिक मार्गका रुपमा तुलसीपुर लुहाम सुरुङ मार्गका लागि पनि अध्ययनको काम सुरु गरेको बताउनुभयो ।
भिडियाे हेर्न तल क्लिक गर्नुहाेस




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।