२०८३ मङ्सिर १० गते बिहिवार

राप्ती प्रादेशिक अस्पतालका चिकित्सक आन्दोलित

तुलसीपुर, ३१ भदौ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डाक्टर आन्दोलित भएका छन् । हेटौडामा चिकित्सक माथि भएको कुटपिटको विरोधमा चिकित्सकहरू आन्दोलित भएको अस्पतालका प्रमुख डा पदमराज अधिकारीले जानकारी दिनुभयो ।  अस्पतालको प्राङ्गणबाट सुरु भएको चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी सहितको विरोध ¥यालीले बजारका विभिन्न भाग समेत परिक्रमा गरेको थियो ।  

¥यालीमा सहभागीले डाक्टर, स्वास्थ्यकर्मी, नर्स लगायत स्वास्थ्य संस्थामा हुने आक्रमण बन्द गर, चिकित्सकलाई काम गर्ने वातावरण तयार गर, घटनामा संलग्न व्यक्तिलाई कारबाही गर लेखेका ब्यानर तथा प्लेकार्ड बोकेका थिए । चिकित्सकहरुको    छाता संगठन नेपाल मेडिकल एशोसियसनको आव्हानमा आइतबार भएको एक दिने आन्दोलनका कारण इमर्जेन्सी सेवा बाहेक सबै सेवा ठप्प भएको छ । अस्पतालमा सेवा ठप्प भएपछि उपचारका लागि आएका बिरामीहरू उपचार बिना नै फर्किन बाध्य भएका छन् 

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।