२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा नृत्यदेखि कुर्सी दौड प्रतियोगितासम्म

तुलसीपुर, ३० भदौ ।नेपाल मानव धर्म सेवा समिति तुलसीपुरले बाल दिवसको अवसर पारेर विभिन्न प्रतियोगिताहरू सम्पन्न गरेको छ । बालबालिकामा रहेको प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले नृत्य, चकलेट र कुर्सी दौड प्रतियोगिता आयोजना गरिएको महात्मा चन्द्रकान्ता बाइजीले बताउनुभयो । नृत्य तर्फ अञ्जली डाँगी प्रथम, चकलेट प्रतियोगिता तर्फ रोहित पुन मगर र कुर्सी दौड तर्फ दिप्सन थापा प्रथम हुनु भएको थियो । प्रतियोगितामा प्रथम हुने बालबालिकालाई विभिन्न पुरस्कार समेत प्रदान गरिएको थियो । सो अवसरमा महात्मा चादना बाइजीले संस्कार रहित बालबालिका बिना सुन्दर समाजको कल्पना गर्न नसकिने भन्दै यस तर्फ घरपरिवार, समाज र राज्यले बेलैमा चासो राख्नुपर्ने बताउनुभयो । सो अवसरमा नेपाल मानव धर्म सेवा समितिका सचिव चन्द्र बहादुर वली, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, पुजा बाइजी, वन्दना बुढा मगर, दिप थापा लगायतले आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।