२०८३ असार ९ गते मङ्गलवार

बालबालिकामा उमेर नपुग्दै दुधे दाँत झर्ने समस्या बढी छ : दन्त चिकित्सक वली 

तुलसीपुर, १२ भदौ ।  दन्त चिकित्सक आनन्द ओलीले पछिल्लो समय दाँतमा कीरा लाग्ने, गिजाबाट रगत आउने र बालबालिकामा उमेर नपुग्दै दुधे दाँत झर्ने समस्या बढी आउने गरेको बताउनुभयो । रेडियो प्रकृति एफएमको चर्चित बहस बिचारमन्थनमा कुरा गर्दै अल्फा डेन्टल क्लिनिकका सञ्चालक समेत रहनु भएका वलीले कुनै पनि खाने कुरा खाइसकेपछि तुरुन्तै कुल्ला गर्दा वा ब्रस गर्दा बच्न सकिने बताउनुभयो । बालबालिकाले जंकफुड खाएर ब्रस गर्न नजान्दा वा मुख कुल्ला नर्दा बालबालिकामा  यस्ताे सम्या देखिएकाे वलीले बताउनुभयाे । 

 ‘हामीले कुनै कुरा खाएपछि कुल्ला नगर्दा त्यो दाँतमा टासिएर बस्छ । दाँतको वरीपरि फोहर जमेर बस्यो भने ब्याक्टेरियाले त्यसलाई ल्याक्टीक एसिडमा परिणत गर्छ र दाँतका सरसफेसहरु विस्तारै गल्दै गल्दै जाँनछन् । खाल्डो पर्छ । त्यसपछि दाँत दुख्ने, समस्या सुरु हुन्छ । त्यसकारण यस्तो समस्याबाट बच्न हामीहरूले दैनिक साँझ र बिहान दुई पटक खाना खाएपछि दाँत ब्रस गर्दा करिब ८० प्रतिशत रोगबाट बच्न सकिन्छ ।’ वलीले भन्नुभयो । 

 

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया