२०८३ मङ्सिर १० गते बिहिवार

राप्ती प्रादेशिक अस्पतालकाे प्रमुखमा डा. पदमराज अधिकारी नियुक्त

तुलसीपुर, ७ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रमुखमा डा. पदमराज अधिकारी नियुक्त हुनुभएको छ । आज बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषदको बैठकले डा. अधिकारीलाई अस्पतालको प्रमुखमा नियुक्त गरेको मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिनुभयो । निवर्तमान निमित्त मेसु डा. ओम प्रसाद अर्याल विवादी बन्दै गएपछि उहाँको ठाउँमा डा अधिकारीलाई ल्याएको मुख्यमन्त्री चौधरीले बताउनुभयो ।

डा. ओम प्रसाद अर्याल माथि उपचार सेवालाई प्रभावकारी बनाउन नसकेको, अस्पतालमा आएका बिरामीलाई आफु कार्यरत निजी अस्पतालमा पठाउने गरेको, समितिको निर्णयबिना डाइलासीस मेसिन जिल्ला बाहिरका अस्पताललाई दिएको, कर्मचारी भर्ना गर्दा रात्रिकालिन समयमा अन्तरवार्ता लिएको, श्रेणी बिहीन कार्यालय सहयोगीलाई लिखित परीक्षा गराएको, सार्वजनिक सरोकारका विषयमा दिनुपर्ने सूचना लुकाएको लगायतका आरोपहरु लाग्ने गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।