२०८३ कार्तिक १० गते सोमवार

सल्यान अस्पतालमा खकार जाँच गर्ने मेसिन जडान

बुद्धिपुन,सल्यान २८ माघ । जिल्ला अस्पताल सल्यानमा खकार जाँच गर्ने मेसिन जडान भएको छ । खकार जाँच गरी क्षयरोग पत्ता लगाउन प्रयोग गरिने जीन एक्स पर्ट मेसिन आज जडान गरिएको हो । यो मेसिन नहुदाँ यहाँका नागरिक महंगो शुल्क तिरेर दाङ, बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको थियो । जिल्ला अस्पतालमा यस प्रकारको मेसिन सञ्चालनमा आएसंगै नागरिकलाई सजिलो हुने जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले बताउनुभयो । बिराट नेपाल मेडिकल ट्रष्टले जिल्ला अस्पताल सल्यानलाई बीस लाख बराबरको जीन एक्स पर्ट मेसिन सहयोग गरेपछि जिल्ला अस्पतालमा मेसिन जडान भएको हो ।

प्रकाशित मिति : २०७४ माघ २८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।