२०८३ असोज ५ गते सोमवार

बङ्गलादेशको डिफेन्स सर्भिस कमान्डका शिक्षार्थी नेपालमा

तुलसीपुर२२ असोज । मित्रराष्ट्र बङ्गलादेशको मिरपुरस्थित डिफेन्स सर्भिस कमान्ड एण्ड स्टाप कोर्समामा सहभागी शिक्षार्थीहरु आज नेपाल आइपुगेका छन् । ४१ सदस्यीय भ्रमणदल सहितको टोली २७ गते सम्म रहने छ ।

भ्रमणको क्रममा उक्त भ्रमणदलले आइतबार शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुका साथै मिति २०७९ असोज २४ गते काठमाण्डौंको मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा मिति २०७९ असोज २५ गते पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हे.क्वा.को भ्रमण गर्ने कार्यक्रम रहेको छ । साथै, उक्त भ्रमणदलद्वारा काठमाण्डौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।

विगतमा पनि विभिन्न मित्रराष्ट्रहरुमा संचालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको अध्ययन भ्रमण गर्ने प्रचलन रहि आएको छ । छिमेकी मित्रराष्ट्रहरुबाट हुने यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।