तुलसीपुर,५ पुस ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा डायलासिस सेवा सञ्चालन हुने भएको छ । डायलासिस सेवा सञ्चालन गर्नका लागि पुर्वाधार निर्माणको सम्पुर्ण काम पुरा भएको अस्पतालका निमित्त मेडिकल सुपरीडेण्ट डा.विनोद सिंहले बताए ।
सवै पुर्वाधार जडान गर्न अहिलेसम्म करीव ५० लाख खर्च भएको समेत उनले बताए । यहि पुस १५ गते भित्र सेवा सञ्चालन गर्ने तयारी भएको उनको भनाई छ ।
राप्ती समाचारमा दिपक बोहराले यो समाचार लेख्नुभएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।