२०८३ असोज ६ गते मङ्गलवार

प्रधान सेनापति औपचारिक भ्रमणको लागि लेवनान प्रस्थान

तुलसीपुर  ४ असार ।  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान गर्नु भएको छ । द्धन्द्धग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न यूएन मिसनमा रहेका हरुको विविध पक्ष तथा भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यले सेनापति शर्मा त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।

रक्षा सचिव सहित ७ (सात) सदस्यीय भ्रमणदलको नेतृत्व गरी प्रधान सेनापति शर्मा लेवनानतर्फ प्रस्थान गर्नु भएको छ । वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भि.आई.पि. कक्षमा बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले बिदाई गर्नु भएको थियो ।

 प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदलले असार १० गतेसम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनान स्थित युनिफील मिशन र तत्पश्चात सिरीया स्थित युएनडिओएफ मिशनको निरीक्षण भ्रमण गर्नु भई उक्त मिशनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।