देशमा गठबन्धनको सरकार छ , तर लहर र जनताको विश्वास भने नेकपा एमालेतिर उर्लिरहेको छ । हरेक दिन एमाले प्रवेश गर्नेहरुको पंक्तिले यो कुराको पुष्टि गरिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकास र समृद्धिप्रतिको प्रष्ट दृष्टिकोणका कारण जनतामा एमालेप्रतिको भरोसा कसिलो हुँदै गएको छ ।
चारैतिर एमालेको बढ्दो लोकप्रियताका बीचमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाका तर्फबाट मेयरमा सादगी एवम् वर्गिय नेता टिकाराम खड्का चुनावको मैदानमा रहेका छन् । गठबन्धनको बढ्दो अन्यौलताका बीचमा विजयी मानसिकतामा रहेका नेकपा एमालेका उम्मेदवारहरु जित सुनिश्चित भएको महसुस गरिरहेका छन् ।
टिकाराम खड्काले निर्वाचन जित्ने आधार :
संघ, प्रदेश र स्थानीय तहमा नेकपा एमालेको सरकारले गरेका नमुना र जनपक्षिय कामहरु नै स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरुले जित्ने बलियो आधार हो । केन्द्रमा केपी शर्मा ओली, प्रदेशमा शंकर पोख्रेल र तुलसीपुरमा घनश्याम पाण्डेले समग्र मुलुक, प्रदेश र स्थानीय तहको विकासमा गरेका लोकप्रिय कामहरु नै मुख्यरुपमा मैले जित्ने आधारहरु हुन् ।
पाँच वर्षको बीचमा के गर्ने भन्ने मसँग स्पष्ट एजेण्डा र दृष्टिकोण छ । मैले मेरा हरेक एजेण्डा जनताका बीचमा प्रष्ट ढँगले लगेको छुँ । मसँग तुलसीपुरलाई कसरी समृद्ध नगर बनाउने भन्ने स्पष्ट दृष्टिकोण पनि छ जुन कुरा मेरा विपक्षी उम्मेदवारहरुमा मैले पाएको छैन । तुलसीपुरका हरेक समस्या र मुद्दासँग म अत्यन्त निकट भएर काम गरेको छुँ । कुन विकासको मोडललाई अपनाउँदा यसले विकासको गति लिन्छ भन्ने कुराका बारेमा मैले गहिरो अध्ययन गरेको छुँ । चाहे कृषिको कुरा होस् या शिक्षा ,स्वास्थ्य र आर्थिक समृद्धिको कुरा नै किन नहोस् हरेक क्षेत्रलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने मेरो एजेण्डाहरु नै मेरो विजयका कारणहरु हुन् ।
मेरो चार दशक लामो राजनीतिक जीवनमा मैले कहिल्यै पनि निष्ठा र आस्थालाई आत्मसाथ गर्न छाडिन । सदैव त्याग र समर्पणको बाटो हिडे । पद र प्रतिष्ठालाई कहिल्यै पनि प्रधानता दिएन । राजनीतिक पहुँचलाई व्यक्तिगत फाईदाका लागि प्रयोग गर्ने सोच मेरो मष्तिस्कमा कहिल्यै पनि आएन । घरघडेरी जोड्ने र सुखसयलमा रमाउने चाहना मैले कहिल्यै राखिन । जनताको सेवाका लागि राजनीतिमा होमिनु बाहेक मैले कहिल्यै पनि गलत कामहरुमा आफुलाई केन्द्रीत गरिन्। मेरो व्यक्तिगत जीवनमा राजनीतिक यात्राको दौरानमा मैले गरेको त्याग र समर्पण नै मैले जित्ने आधार हो ।
म निम्न वर्गिय सुकुम्बासी परिवारको मान्छे हुँ । जनताका साना साना दुःखहरु के हुन् भन्ने कुरालाई मैले मसिनोसँग छामेको छुँ । एउटा वर्गिय नेता भएका कारणले गर्दा मलाई वर्गिय मान्छेहरुले सहयोग गर्नुहुन्छ भन्ने लाग्छ । मसँग हुँदा खाने र हुनेखाने सबैलाई समेट्न सक्ने क्षमता भएका कारणले गर्दापनि सबै पक्षको सहयोग प्राप्त हुने र मैले जित्ने बलियो आधार हो ।
यसपटक मेयरमा निर्वाचन जित्ने मेरो अर्को महत्वपूर्ण पक्ष भनेको सरलता हो । मसँग कुनै पनि कुराको घमण्ड र अहम्ता छैन । सामान्य परिवारको भएकाले पनि मेरो व्यक्तित्वमा कुनै खालको तडकभडक र कृत्रिमता छैन । आज जसरी जनताको घरमा एउटा सामान्य व्यक्तिका रुपमा गएको छुँ भोलिका दिनमा पनि म यस्तै अवस्था जनताका बिचमा जानेछुँ । सबैखालका मान्छेसँग सहज ढँगले प्रस्तुत हुनसक्ने क्षमता मसँग छ । मेरो सरलता पनि निर्वाचन जित्ने बलियो आधार हो भन्ने मलाई लाग्दछ ।
यसपटक मेयरपदमा निर्वाचन जितिसकेको महसुस मलाई भइसकेको छ । गठबन्धका बिचमा अहिले पनि बलियो एकता रहेको छैन । उनीहरु आफै अलमलमा छन् तर नेकपा एमालेका बीचमा भने बलियो एकता रहेको छ। यही एकताले मलाई विजयी बनाउने छ । तुलसीपुरबासी अहिले पाटीभन्दा पनि नगरको समृद्धिमा काम गर्ने इमान्दार जनप्रतिनिधिको खोजिमा रहेका छन् ।
गठबन्धनको जालोमा जेलिएर उनीहरु जस्तोसूकै जनप्रतिनिधिलाई मतदान गर्ने पक्षमा छैनन् । जनताले रोजेको र खोजेको जस्तो उम्मेदवारको रुपमा मलाई पाउँदा निकै खुसी छन् । यहीकारणले गर्दा यसपटक निर्वाचनमा मेरो जित सम्भावनाको नजिक छ । जनताले मलाई दिनुभएको जिम्मेवारीलाई जनताकै चाहनामा अडिग रहेर पुरा गर्नेछु । जनताको सेवकका रुपमा मैले सम्पादन गर्ने कामहरुमा कहिकतै शासकको गन्ध आउन दिनेछैन ।






