२०८३ असोज ५ गते सोमवार

प्रधान सेनापति र पाकिस्तानी कार्यबाहक राजदूतबीच भेटवार्ता

तुलसीपुर, १३ असोज । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अदनान जावेद खान बीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वाकस नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।