दाङ ११ साउन । दाङमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । नेपालगञ्ज देखि तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख १७ १८ नम्बरको बसमा चेक गर्नेक्रममा तुलसीपुर अमिलिया सडक खण्ड अन्र्तगत डमारगाउँ बाट लागुऔषध सहित तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ घर भई हाल तुलसीपुर ६ मा डेरागरी बस्ने २७ वर्षका राजकुमार वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुर बाट खटिएको संयुक्त प्रहरीको टोलीले आईतबार साँझ करिव ७ बजे वलीलाई ७ ग्राम ६६ मिलि ग्राम लागुऔषध सहित पक्राउ गरिएको हो । पक्राउ परेका वली माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवंम् डिएसपी मुकुन्द प्रसाद रीजालले बताउनुभएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।