तुलसीपुर, २८ जेठ । तुलसीपुर तथा फलफूल बजारको अनुगमण गरिएको छ । फोहरमैला व्यवस्थापन, सुरक्षा मापदण्ड तथा मुल्य सूचि टाँसका विषयमा बुझ्नका लागि अनुगमण गरिएको तुलसीपुर उपमहागनगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष नवराज लामीछानेको नेतृत्वमा अनुगमण गरिएको थियो । अनुगमण टोलीले फोहरमैला व्यवस्थापन गर्न, सामाजिकदुरी कायम राखेर बिक्री बितरण गर्न, मुल्य सूचि देखिनेगरी टाँस गर्न र बाहिरबाट आउने ग्राहकले पनि अनिवार्य रुपमा मास्क लगाउनका लागि निर्देशन दिएको छ ।
निर्देशन कार्यान्वयन नगर्नेलाई कारबाही गरिने अनुगमण टोलिको नेतृत्व गर्नुभएका वडाध्यक्ष लामीछानेले चेतावनी दिनुभयो । अनुगमण टोलिमा तुलसीपुर उपमहानगरपालिका कृषि अधिकृत धनराज गौतम, स्थानीय प्रशासन लगाएतको सहभागिता रहेको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।