तुलसीपुर, ६ जेठ । ग्रासरुट म्यानेजमेन्ट नेपालको सहयोगमा लायन्स क्लव अफ तुलसीपुर इसानले पश्चिम दाङका चारवटा पालिकामा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
बबई गाउँपालिकाको हापुरे, दंगीशरण गाउँपालिकाको बागर, शान्तिनगर गाउँपालिकाको गिधनिया र तुलसीपुर उपमहानगरपालिकाको तुलसीपुर मेट्रो अस्पतालमा रहेको कोरोना आइसोलेसन अस्पतालमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको इसानका प्रथम उपाध्यक्ष प्रेम प्रकाश गिरीले जानकारी दिनुभयो ।
उपाध्यक्ष गिरीका अनुसार पिपिइ, ३०/३० थान, फेस मास्क, ३०/३० थान, सर्जिकल मास्क २ /२ प्याकेट र सेनिटाइजर १० /१० लिटर उपलब्ध गराईको छ । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा इसानका द्धितिय उपाध्यक्ष ऋषीराज भण्डारी, लियो कृपा गिरी लगाएतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार





