तुलसीपुर, १२ बैशाख । बबई गाउँपालिकामा भोलि बिहानदेखि लागुहुनेगरी लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना नभएसम्मका लागि लकडाउन गरिएको बबई गाउँपालिका प्रेस संयोजक प्रेम बहादुर राम्जाले जानकारी दिनुभयो ।
गाउँपालिकामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी , व्यापारीसंग समन्वय गरेर गाउँपालिकाले लकडाउन गरेको प्रेस संयोजक राम्जाले जानकारी दिनुभयो । गाउँपालिमा भोलिदेखि यातायात, पसल, उद्योगधन्दा सबै बन्द हुनेछन् ।
प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।