तुलसीपुर, ८ माघ । सैनिक श्रीमति संघ ९नेपाली सेना० ले सिन्धु पाल्चोकको एकिृत माझी वस्तीका स्थानीयलाई राहत वितरण गरेको छ । नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले १२८ घरपरिवारहरुलाई मण्डी र प्रेशर कुकर गोटा १/१ वितरण गरएिको थियो ।
त्यसैगरी झमलादेवी आधारभुत विद्यालयलाइ फर्निचर र श्री गोरखबक्स गणको तर्फबाट विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको थियो .तयसैग्री श्री नं. २६ फि.ए. गुल्म, श्री नं .१ फि.ए. गुल्मले जिल्ला जनस्वास्थ्य कार्यालय र चौतारा अस्पताल सिन्धुपाल्चोक सहितको सहयोगमा संचालन गरेको स्वास्थ्य शिविरबाट २५० जना स्थानीय बासिन्दाहरु लाभान्वित भएका थिए ।
उक्त कार्यक्रममा चौतारा सांगाचोकगढी न.पा.का नगर प्रमुख, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री नं। २६ बाहिनी अड्डाका बाहिनीपति लगायत अन्य सैनिक अधिकृतहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, वडा प्रतिनिधिहरु, श्री सैनिक श्रीमती संघको तर्फबाट श्रीमती रोजीना राउत, श्री श्वेताश्री फाउण्डेशनका अध्यक्ष श्रीमती श्वेता खड्का सहितका अन्य पदाधिकारीहरु, श्री ओरेक नेपालका प्रतिनिधि एवं पत्रकारहरुको उपस्थिती रहेको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।