२०८३ कार्तिक ११ गते बुधवार

वडाद्धारा किसानलाई घाँसको विउँ वितरण

दंगीशरण २८ असोज । दंगीशरण गाउँपालिका वडा नम्वर ७ ले किसानहरुका लागि हिउँदे घासँ वितरण गरेको छ । किसानहरुको माग अनुरुप वडा कार्यालयले हिउँदे वर्षिम घासँको विउँ वितरण गरेको वडा अध्यक्ष विर बहादुर वलीले जानकारी दिए । वडाका किसानहरुलाई राहत पुगोस भन्ने उद्धेश्यले वडा कार्यालयले हिउँदे घासँ वितरण कार्यक्रम संचालन गरेको हो ।

वडा कार्यालयले ब्यवसायीक रुपमा दर्ता गरेको फर्म र १ सय ४९ जना पशुपालक कृषकहरुलाई वितरण गरेको वडा सचिव दिपक केसीले जानकारी दिए । समयमै हिउँदे घासँको विउँ पाएपछि वडाका किसान खुसी भएका छन् । केहि समय अघि पशु शाखाले ७ वटै वडाका ब्यवसायीक रुपमा दर्ता गरेको फर्म, पशुपालन समूह र अन्य पशुपालक कृषकहरुलाई हिउँदे वर्षिम घासँको विउँ वितरण गरेको थियो ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।