२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरमा दुईवटा एम्बुलेन्स ठोक्कीदा एक जना घाईते

  फाइल फाेटाे 

तुलसीपुर, १९भदौ । तुलसीपुरका दुई वटा एम्बुलेन्स एक आपसमा ठोक्कीदा  एक जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते हुनेमा प्युठानको, प्युठान नगरपालिका–२ जुम्री निबासी २४ बर्षकी रतिमा विष्ट रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा१झ १७२ र सल्यानबाट तुलसीपुर आउँदै गरेको रा१च ४७७ नम्बरको एम्बुलेन्स रक्षाचौरमा एक आपसमा ठोक्कीदा उक्त दुर्घटना भएको थियो । घटना पौने दुई बजे भएको थियो ।

                                                   
प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।