२०८३ भाद्र १३ गते शनिवार

स्यानीगार खोलाले बगायो पाँचवटा भैसीं

तुलसीपुर, ५ भदौ ।गएराति रोल्पामा स्यानीगार खोलाले पाँच वटा भैंसी बगाएको छ । स्यानीगार खोलाको छेउँमा बाँधेका भैसीलाई खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

परिबर्तन गाउँपालिका – २ राङसी बस्ने ३९ बर्षका मानसिंह खत्रीले ईरिवाङबाट ५ वटा भैसी ल्याएर घरतर्फ फर्कने क्रममा रात परेका कारण स्यानिगार खोला छेउँमा ५ वटा भैसी बाँधेका थिए ।

बगेका भैसी मध्य ४ वटा मरेको अवस्थामा भेटिएको र अर्को नभेटिएको प्रदेश प्रहरी कार्यालय तुलसपिुरका प्रहरी बरिष्ठ उपरीक्ष राजकुमार वैदवारले जानकारी दिएका छन् । अरिबल बर्षातका कारण खोलामा बढेको बाढीले भैसी बगाएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।