अहिले यो हजारौको संख्यामा मात्र देखिएकोले किसानहरु आत्तिइहाल्न नपर्ने अवस्था रहेको प्रमुख यादबले बताएनवलपुरमा रहेको तेलबालीमा बदाम ,घैँचा, धानको बेर्ना लगायतमा सलह किराले छोपि सकेको छ । साँझ ८ बजेसम्म किरा देखिएको थिएन, बिहान ६.१५ मा किरा देखिएको थियो । त्यहाँ हजारौंको संख्यामा किराको झुन्ड रहेको तेलबाली अनुसन्धान कार्यक्रम कार्यालयका प्रमुख डा. विशेश्वर प्रसाद यादवले जानकारी दिए । ‘बिहान किरा भगाउन ड्रम पनि बजायौ र किरा नियन्त्रण गर्न कलोरापाईरपस,साइफरमिथरीन मिसाएर ५ एमएल पर लिटर पानीमा हालेर स्प्रे ग-यौं ।’ उनले भने ‘यसो गर्दा किरा मर्ने रहेछ ।’ अहिले यो हजारौको संख्यामा मात्र देखिएकोले किसानहरु आत्तिइहाल्न नपर्ने अवस्था रहेको प्रमुख यादबले बताए । किरा नियन्त्रणमा अहिले स्थानीय सहित कार्यालयका प्राविधिकहरु खटेका छन् । बालीहरुमा क्षती पु-याउन थालेपछी किरा मार्न औषधी छर्किने कार्य सुरु हुने कार्यक्रम प्रमुख यादबले जानकारी दिए । सलह किरा सबैभन्दा पहिला अफ्रिकी मुलुकमा देखा परेको थियो । त्यस पछि फैलिन सुरू भएको सलह किरा मध्यपूर्वबाट पाकिस्तान हुँदै भारतमा आइपुगेको थियो । ठूलो समूह र लामो दूरीमा उड्ने सलहले हरियो बोटबिरूवा पूरै नष्ट पार्ने गर्दछ । भारतमा यसले कृषिबालीमा निकै ठूलो क्षति पुर्याएको छ ।
प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।