२०८३ बैशाख १२ गते शनिवार

बलिउड संगीतकर्मी वाजिद खानको निधन

काठमाडौँ,१९ जेठ ।

हिन्दी फिल्मका लोकप्रिय संगीतकार वाजिद खानको निधन भएको छ । ४२ वर्षीय वाजिदको मिर्गौलामा संक्रमण भएर सोमबार बिहान मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।म्युजिक कम्पोजरका सलिम मर्चेन्टका अनुसार वाजिदको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनको मिर्गौलामा संक्रमण देखिएको थियो । पछिल्लो ४ दिनदेखि उनी मुम्बईको एउटा अस्पतालमा भेन्टिलेटरमा थिए ।

गायक सोनु निगमले वाजिदको निधनबारे इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘वाजिद गए । अहिले म केही बोल्न सक्दिनँ ।’ सोनु निगमले वाजिदमा कोरोना भाइरसको पनि संक्रमण देखिएको बताएका छन् ।साजिद–वाजिदको जोडी बलिउडमा खुब लोकप्रिय थियो । उनीहरु दाजुभाइ हुन् । उनीहरु प्रख्यात तबलावादक उस्ताद शराफत अली खानका छोरा हुन् ।

 

उनीहरुले सन् १९९८ मा सलमान खानको प्यार किया तो डरना क्याु बाट करिअर सुरु गरेका थिए । त्यसपछि उनीहरुले गर्भु, तेरे नामु, पार्टनरु, दंबगु सिरिजजस्ता दर्जनौं फिल्ममा संगीत दिएका थिए । यस वर्षको इदमा यो जोडीद्वारा संगीतबद्ध ‘भाइ भाइ ’ गीत सलमानले गाएका थिए ।वाजिदले सन् २००८ बाट व्यावसायिक गायन थालनी गरेका थिए । प्रियंका चोपडा, परिणीति चोपडा, विशाल ददलानी, हर्षदीप कौरजस्ता सेलिब्रेटीले वाजिदलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया