एजेन्सी, १७ बैशाख
प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधन भएको छ। उनी ५४ वर्षका थिए ।
स्वास्थ्य बिग्रिएपछि मङ्गलबार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।
उनी क्यान्सरबाट पीडित थिए। उनले पानसिंह तोमार, मकबूल, लाइफ अफ पाई, जुर्यासिक पार्क, स्लमडग मिलीअनेअरजस्ता हलीवुड चर्चित चलचित्रमा अभिनय गरेका छन्। उनको अभिनयको धेरैले प्रशंसा गरेका छन्।
प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार


















