तुलसीपुर, २२ जेठ । हरेक निकायमा नेतृत्व गर्नका लागी आफै अग्रसर हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा दाङको आयोजना तथा बबई गाउँपालिका कार्यालयको आर्थिक सहयोगमा बुधवार देखी हापुरेमा सुरु भएको क्षमता अभिबृद्धि तथा नेतृत्व विकास सम्वन्धि तिन दिने तालिम उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
कुनै पनि निकायको नेतृत्व गर्नका लागी आफु सक्षम हुने पर्ने भन्दै त्यसका लागी क्षमता अभिबृद्धि गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।तालिमको उद्घाटन गदै बबई गाउँपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्लले क्षमता अभिबृद्धि गर्न सकेमा मात्र कुनै पनि संघसंस्था तथा निकायको नेतृत्व लिन सकिने बताएका छन् । समाजका हरेक संघसंगठनमा महिला र दलित समुदायको थोरै नेतृत्व भएको भन्दै यसमा जागरुक हुन जरुरी रहेको उनको भनाई थियो ।
संघका जिल्ला कोषाध्यक्ष भिम विश्वकर्माको अध्यक्षतामा तालिम उद्घाटन गरिएको हो । सो अवसरमा वडा नम्वर २ का वडा अध्यक्ष चिन्तामणि शर्मा, वडा नम्वर ५ का वडा अध्यक्ष डम्वर बहादुर श्रीरिष ,नेपाल राष्टिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, बबई गाउँपालिका कार्यापालिका सदस्य गौरी बोहोरा वली, वडा नम्वर ४ का वडा सदस्य रणविर खत्री लगाएतले बोलेका थिए । वडा नम्वर ४ र ५ महिला तथा दलित गरी ४० जनाको सहभागिता रहेको थियो । तिन दिन सम्म सन्चालन हुने तालिममा अधिबक्ता हरिचन्द्रा वली, दलित अधिकारकर्मी जोगेन्द्र विश्वकर्मा, भिम विश्वकर्मा लगाएतका रहेका छन् । तालिम उद्घाटन कार्यक्रमको सहजीकरण संघका जिल्ला सचिव लक्ष्मण विश्वकर्माले गरेका थिए ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।