२०८३ असोज ५ गते सोमवार

प्रदेश पाँचको तेस्रो अधिवेशन सकियो, स्थायी राजधानी अन्यौलमा

रुपेन्देही , २३ बैशाख । प्रदेश नम्बर पाँचको तेस्रो अधिवेशन आइतबारदेखि सकिएको छ । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभामा पठाएको पत्र अनुसार आइतबार राति १२ बजेदेखी अधिवेशन सकिएको हो । गत मंसिर २३ गतेबाट सुरु भएको अधिवेशनमा ३८ बिधेयक पारित भएको सभामुख पूर्णबहादुर घर्तिमगरले बताउनु भयो । उक्त अधिवेशनले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिले स्थायी राजधानी कहाँ बनाउने भनेर विज्ञ सँग थप छलफल गर्नुपर्ने निर्णय गरेपछि उक्त विषय अन्यौल देखीएको हो ।प्रदेशका १२ जिल्लामा पुगेर सुझाव संकलन गरेको उपसमितिका सदस्यहरुले एकीकृत प्रतिवेदन बुझाएका थिए । तर स्थायी राजधानी तोक्दा सुरक्षा, मौसम र भुगोललाई पनि ध्यान दिनुपर्ने भन्दै विशेष समितिले विज्ञसँग छलफल गर्नुपर्ने निर्णय लिएको सभापति संयोजक दीपेन्द्र पुनले बताउनुभयो ।उपसमितिले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी रुपन्देही वा दाङ हुनुपर्ने सुझाव सहितको प्रतिवेदन विशेष समितिमा बुझाएको छ । विकल्पमा कपिलवस्तुको नाम पनि दिइएको छ ।
प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।