२०८३ असोज ५ गते सोमवार

राम्रीको घुम्ती हटाउन दैनिक ९ घन्टा राजमार्ग बन्द

तुलसीपुर,७ बैशाख राप्ती राजमार्ग अन्र्तगत तुलसीपर –सल्यान सडक खण्ड शनिबारदेखि ९ घन्टा बन्द गरेर निर्माण कार्य सुरु गरिएको छ । साँगुरो सडक र घुम्तीका कारण सवारी दुर्घटना बढ्न थालेपछि चौडा बनाउन दिउसो ५ पाँच घन्टा र रातमा ४ घन्टा बन्द गर्नु परेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घुम्ती(मोड) कटीङको कार्यमा अबरोध हुने भएकाले विहान ११ बजेदेखि अपरान्ह ४ बजे र राती १ बजेदेखि विहान पाँच बजेसम्म सवारी आवागमणमा रोक लगाएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले जानकारी दिनुभयो । कटीङको काम तीन हजार तीन सय घनमिटर रहेको छ । निर्माण कार्य बैशाख २५ गते सम्म चल्ने छ । स्थानीयबासी कलीभान रोकाका अनुसार २०५१ साल देखि हालसम्म राम्रीबाट साततेलका विभिन्न स्थानमा बस, ट्रक, ट्याक्टर, जीप, मोटरसाईकल गरेर ४२ वटा दुर्घटना भइसकेका छन् । सबैभन्दा ठूलो मानविय क्षेति भने गएको पुस ६ गते २३ जना विद्यार्थीको ज्यान जानेगरी शैक्षिक भ्रमणको बस दुर्घटना भएको थियो । त्यसको लगत्तै सोही स्थानमा ट्रक दुर्घटना भएको थियो भने अघिल्लो बर्ष मोटर साईकल दुर्घटना हुदा एकजनाको ज्यान गएको थियो । निर्माण सेवाले यही असार मसान्त भित्र अमिलियाको भन्ज्याङ देखि कपुरकोट सम्म सडक मर्मतको काम सक्ने गर्ने गरी चैत्र २५ गते डिभिजन सडक दाङसंग भ्याट सहित ५६ लाखमा सम्झौता गरेको उज्वल निर्माण सेवाका प्रोप्राईटर दिपक न्यौपानेले जानकारी दिनुभयो । राम्रीको घुम्ती चौडा बनाउने काम सकियो भने अन्य कामका लागि भने सडक बन्द गर्ननपर्ने बताइएको छ । निर्माण कार्य १० दिनमा सक्ने गरी काम सुरु गरिएको छ ।
प्रकाशित मिति : २०७६ बैशाख ७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।