दाङ,२३ कात्तिक । दाङमा अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने भएको छ । यसअघि राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने व्यवस्था गरेको प्रशासनले अब सुरक्षित र मर्यादित रूपमा २४ सै घण्टा देउसी–भैलो खेल्न सकिने जनाएको छ।
जिल्ला प्रशासन कार्यालय दाङले गत कात्तिक १८ गते जारी गरेको सूचनामा देउसी–भैलो खेल्ने अधिकतम समय राति १० बजेसम्म तोकेको थियो। तर, उक्त व्यवस्थामा परिवर्तन गर्दै अब जुनसुकै समयमा पनि देउसी–भैलो खेल्न सकिने गरी नयाँ सूचना जारी गरेको हो।
प्रशासनले देउसी–भैलो सञ्चालन तथा चाडपर्व मनाउने क्रममा सुरक्षित र मर्यादित व्यवहार गर्न सबैलाई अनुरोध गरेको छ। साथै, कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या उत्पन्न भएमा तत्काल प्रहरी नियन्त्रण कक्षको नम्बर ८१००८ वा आपत्कालीन कार्य सञ्चालन केन्द् को नम्बर ८१२३४८ मा सम्पर्क गर्न आग्रह गरेको छ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।