२०८३ कार्तिक १८ गते बुधवार

दाङमा अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ८ सवारीसाधन प्रहरी नियन्त्रणमा

फोटो फाईल

दाङ,१८ कात्तिक । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न सवारीसाधनमाथि प्रहरीले निगरानी बढाएको छ। यसैक्रममा जिल्ला प्रहरी कार्यालय दाङले पाँच दिनको अवधिमा अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न ८ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कात्तिक १३ गतेदेखि १७ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा ढुङ्गा, बालुवा तथा गिट्टी ओसारपसार गरिरहेका ट्र्याक्टरहरू नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ८ वटा ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। ती सवारीसाधनमाथि २ लाख ३० हजार रुपैयाँ जरिवाना गराइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी जरिवाना गराएपछि नियन्त्रणमा लिइएका ट्र्याक्टर सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।