फोटो फाईल
दाङ, १८ कात्तिक । सल्यानमा प्रहरीले पाँच वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार बनगाड कुपिण्डे नगरपालिका ७ लेक सङ्ग्रहीस्थित सिम्टीगैरा सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको टोलीले उक्त सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक तीन नाल साबुत र दुई नाल बेसाबुत गरी जम्मा पाँच नाल भरुवा बन्दुक फेला पारि बरामद प्रहरीले बताएको छ । बरामद गरिएका बन्दुक बारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक १८ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।