दाङ,११ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको अभियानअन्तर्गत २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीहरूबाट ४ लाख ९७ हजार ६ सय ३२ रुपैया जरिवाना, र १० बर्ष ३ महिना ७ दिन कैद असुल गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।