२०८३ असोज १० गते शनिवार

रारा सहकारीको १५औँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः जितबहादुर खड्का सर्वसम्मत

तुलसीपुर १० असोज  । रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन शनिबार तुलसीपुरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जितबहादुर खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका सहकारी विषयगत समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खुसीराम चौधरीले सहकारी संस्थाहरूले सदस्यको बचतको सुरक्षा र उचित परिचालनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले सहकारीप्रति सदस्यको विश्वास कायम राख्न पारदर्शिता, सुशासन र जवाफदेहितालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले सहकारी संस्थाहरूले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई सदस्यको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्‍याउनुपर्ने बताउनुभयो। सहकारीको दीर्घकालीन सफलता सदस्यको विश्वास र संस्थाको जिम्मेवार कार्यशैलीमा निर्भर रहने उहाँको भनाइ थियो।

अधिवेशनले जितबहादुर खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। यस्तै, उपाध्यक्षमा टोपबहादुर ओली, सचिवमा लहर आचार्य र कोषाध्यक्षमा दरिबान डाँगी चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा तुलसा भुसाल, निर्मला नेपाली, अनिता बुढाथोकी, सुशिल ओली र खुमराज मल्ल सर्वसम्मत चयन हुनुभएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संस्थाका सचिव रूपबहादुर खत्री, रारा सहकारी संस्थाका सल्लाहकार टोपबहादुर घर्ती, संगीत बस्याललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको प्रगति, सहकारीको वर्तमान अवस्था, सदस्यको बचत सुरक्षा, संस्थाको आगामी कार्ययोजना तथा सदस्यको हितमा सहकारीले खेल्नुपर्ने भूमिकालगायतका विषयमा चर्चा गरिएको थियो।

तुलसा भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण  लहर आचार्यले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।