तुलसीपुर, २९ साउन । दाङको तुलसीपुरमा पानीमा डूबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेज नजिकै निवासी देवराज नेपालीको छोरा ४ वर्षीय शुसिल विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घरनजिकै रहेको नहरमा डुबेर हिजो साँझ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीमा डूबेर अचेत अवस्थामा फेला परेका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैबीच कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछली खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–२ बाणी शिविर १ नम्बर गल्ली बस्ने १६ वर्षीय आदेश लुहारको बिहीबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार





