फोटो फाईल
दाङ, २९ साउन । दाङमा कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १३ वर्ष पछि पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पा कोटगाउँ ६ घर भई हाल दाङको भौवामा बस्दै आएका ६० वर्षीय श्यामबहादुर झाँक्री रहेका छन् । उनी विरुद्ध रोल्पा जिल्ला अदालतले २०७० वैशाख ३१ गतेको फैसला गर्दै उक्त मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका झाँक्रीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गढवामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार





