२०८३ साउन १४ गते बिहिवार

दाङमा बोलेरो जिप दुर्घटना हुदा एक जनाको मृत्यु,तिन जना घाईते

फोटो फाईल

दाङ, १४ साउन । दाङको गढवा गाउँपालिका ५, चिसापानीस्थित लमही–कोइलाबास सडक-खण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटना हिजो बेलुका पाँच बजेतिर भएको हो । लिलाम गरिएको ४९ बोरा मलखाद बोकेर कोइलाबासबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु २ च ९१३९ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका गढवा गाउँपालिका ६, गढवा बजारका २६ वर्षीय सागर कुमालको मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो ।

उहाको टाउकोमा गम्भीर चोट लागेपछि प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही र त्यसपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होम रिफर गरिएको थियो । उपचारकै क्रममा उहाको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको लमही अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको छ । जिप चालक कपिलवस्तुको शिवराज नगरपालिका ६, पैकिबण्डाका २५ वर्षीय अकवान अहमद मिया रहेको र घटनाको बारेमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार
प्रतिक्रिया