फोटो फाईल
तुलसीपुर, १५ साउन । दाङमा वितेको एक वर्षको अवधीमा सवारी दुर्घटनामा परी ७२ जना मानिसको मृत्यु भएको एक तथ्याङकले देखाएको छ । जसमा ३४७ वटा सवारी दुर्घटनामा परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बार्षिक प्रगती विवरण अनुसार वितेको एक वर्षको अवधीमा जिल्लाभर विभिन्न सवारी दुर्घटनामा परी ७२ जनाको अकालमै ज्यान गएको छ भने ६१६ जना घाईते भएको उल्लेख छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ५३ जना पुरुष र १९ जना महिला रहेका छन् । यस्तै घाईते हुनेमा ४४२ जना पुरुष र १७४ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार





