२०८३ कार्तिक १० गते सोमवार

कृषकलाई अनुदानको विउँविजन वितरण

तिर्थराज ज्ञवाली मसुरीया ११ दाङ/ राप्ती गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत विउँविजन वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले तोरी तथा टिपीयस आलु वितरण गरेको हो । यस आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार करीव १६ क्विन्टल टिपीयस आलु र करीव १४ क्विन्टल तोरी ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि प्राविधिक दान सिङ रोकायले जानकारी दिए । कृषकको माग अनुसार वितरण गर्न नसके पनि प्रति व्यक्ती तोरी र आलु २÷२ किलोको दरले वितरण गरिएको राप्ती गाउँपालिकाले बताएको छ । ५० प्रतिशत अनुदानमा वितरण सुरु गरेको तोरी तथा आलु विउहरु श्री साउनेपानी कृषि सहकारी संस्था शान्तिनगरले तयार गरेको र उन्नत जातका विउहरु लाई राप्ती गाउँपालिका बाट कृषकले लैजानेगरि तोरी कृषकलाई प्रति केजी ७० र टिपीयस आलु प्रति केजी ९५ रुपैया पर्र्नेे शाखा दान सिङ रोकायले जानकारी दिनुभएको छ । वितरण कार्य गाउँपालिकामा रहेका सबै वडाहरुबाट गरिएको छ । तोरी प्रति किलो ७० र तोरी टिपीएस आलु ९५ रुपैयाँ किलो वितरण गरिएको छ । यसैबीच लक्षित वर्ग सम्म अनुदानको विउँविजन पुगे या नपुगेको विषयमा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी नेतृत्वको टोलीले अनुगमण गरेको छ ।  

प्रकाशित मिति : २०७५ असोज ११ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।