२०८३ असोज ४ गते आइतवार

 विदेशमा पढ्न जानेबाट बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

दाङ,१ पुस । चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशमा पढ्न जानेबाट ४२ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्ष चार महिनामा शिक्षातर्फ ३२ अर्ब २२ करोड रुपैयाँ बाहिरिएको यस वर्ष त्यही अवधिमा झनै बढेको हो ।देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनाका चालू आर्थिक वर्षको चार महिनामा झण्डै १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको त्यही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड पुगेको छ ।अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।  
प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।