काठमाडौं, ९ मंसीर । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ मंसीर ५ गतेको निर्णय अनुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज जङ्गी अड्डामा आयोजित समारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
सोही अवसरमा सहायक रथी तथा महासेनानी दर्जामा पदोन्नति प्राप्त एक/एक जना महासेनानी र प्राविधिक प्रमुख सेनानीलाई समेत प्रधान सेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ। कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा पदोन्नति प्राप्त अधिकृतका परिवारजनको उपस्थितिले समारोह गरिमामय बनेको थियो।
प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार






