
खासमा जेनजी पुस्ताको अभियान समाजमा ब्याप्त भ्रस्टाचार ब्यथिती र बिसंगती विरुद्धको अभियानमा मात्रै केन्द्रित थियो । उसको खास एजेन्डा र नेतृत्वनै थिएन तर जेनजिको नाममा त्यहाँ भित्र पसि सरकार विरुद्ध कसरी परिचालन हुने भन्ने उद्देश्य साजिस षड्यन्त्रका तानाबाना बुन्ने रावसपा, माओवादी,राप्रपा,दुर्गा प्रसाईं समुहबाटै नै जेनजि पुस्ताको अशल मनसायको मागलाई झनै उस्काउंदै हामी पनि साथमा छौ भन्दै , घोषित अभियानमा सामेल हुन आह्वान गरेको कुराले स्पष्ट गर्छ ।
जेनजि अभियानमा उल्लेख्य भूमिका निर्वाह गरेका युवाहरुको भनाइलेनै यसलाई पुष्टि गर्छ । ठिक यसैबेला सरकारले सामाजिक संजाल बन्द गराउने स्थिति पैदाबारे आम नागरिकलाई प्रयाप्त सुसूचित र जानकारी गराइ अनुगमनको प्रक्रिया अगाडि बढ्दै छ भन्नबाट चुकी एक्कासि बन्द गराउंदा प्रबिधिमा मग्न जेनजी पुस्ता झनै आक्रोशित बन्न पुगेको पनि त्यत्तिकै सत्य हो । आन्दोलन हिंसात्मक र ध्वंसात्मक बनाउंदै जसरी देशका सरकारी सम्पत्ती सबै नासिने गरि आगजनी र ध्वस्त बनाइयो। देश झन्डै शुन्य र खन्डहर बनाइयो । झनै अस्थिर , अनिश्चिय , अन्यौलको भूमरिमा फसाइयो । देशलाई युगौ पछाडि धकेल्ने हर्कतमा सामेल हुनेहरु जो जो छन् निश्चियनै इतिहासले उनीहरुको गम्भीर मूल्याकंन गर्ने छ । धिक्कारको रुपमा पढने छ ।
जेनजी पुस्ताको नाममा भएको आन्दोलनले एउटा गज्जबको सकारात्मक जग आधार खडा गरेको छ त्यो हो राजनैतिक नेतृत्व कि सच्चिने कि सिद्दिने ? भन्ने सवक सिकाइ पुराना पुस्ताका नेता अब थान्को लगएर बस , बरु तिम्रा अनुभव हामिलाइ बांड र अभिभावकिय भूमिका निर्वाह गर भन्नेमा जबर्जस्त पुर्यायो । अब देशमा कृयाशिल सम्पूर्ण पार्टी भित्र आन्तरिक लोकतान्त्रिक अभ्यासको परिपाटीलाई सुदृढ, पार्टी संचालन तथा परिचालन र कामकारबाहीमा अनिवार्य सच्चिने र सच्याउनै पर्ने अबस्था सिर्जना, क्षमतावान युवा पुस्तालाई बिना आनाकानी अगाडि बढन प्रोत्साहन,आफै भित्र शुद्द आचरण, पार्दर्शी व्यबहार,अनियमितता, भ्रष्टाचार गर्ने गराउने कु कर्मका बिरुद्ध शक्त चेतावनी र नैसिहत ।
तर पनि संहालिनुको विकल्प छैन । नयाँ संकल्पका साथ देशमा कृयाशिल सम्पूर्ण पार्टीहरुले आ– आफ्ना राजनीतिक स्वार्थ र मुद्दालाई थाती राख्दै यस संकटको घडिमा दुखिरहेको,पिरोलिरहेको र सहारा मागिरहेको देशलाई साझा मुद्दा , साझा उद्देश्य र साझा हितका साथ हिडाउनुको बिकल्प छैन । लोकतान्त्रिक गणतन्त्रको बिकल्प कुनै पनि किसिमको वाद बिचार धाराको अधिनायकवाद र बंश परम्परामा आधारित राजतन्त्र हुनै सक्तैन ।लोकतन्त्रको बिकल्प परिष्कृत र परिमार्जित लोकतान्त्रिक शासन पद्धतिनै हो ।
लोकतान्त्रिक गणतन्त्र जिन्दावाद ।धन्यवाद ।
०८२ भाद्र २७दाङ तुल्सिपुर