
काठमाडौं, २८ भदौ। प्रतिनिधि सभा विघटन भएपछि ३० वटा विधेयक निष्क्रिय भएका छन्। प्रतिनिधि सभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार, प्रतिनिधि सभामा उत्पन्न भएका २३ विधेयक, जसमा सरकारी २१ र गैरसरकारी २ विधेयक छन्, निष्क्रिय भएका हुन्।
यसैगरी, राष्ट्रिय सभामा उत्पन्न भएका ७ वटा विधेयक पनि निष्क्रिय भएका छन्। राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आएका ७ विधेयक पनि विघटनपछि निष्क्रिय भएको जानकारी संसद सचिवालयका प्रवक्ता एकराम गिरीले दिएका छन्। संवैधानिक प्रावधानअनुसार, प्रतिनिधि सभा विघटन भएमा प्रतिनिधि सभामा विचाराधीन रहेका वा पारित भई राष्ट्रिय सभामा पुगेका विधेयक निष्क्रिय हुने व्यवस्था छ। संविधानको धारा १११ को उपधारा १० मा यस सम्बन्धमा स्पष्ट उल्लेख गरिएको छ।
ूकुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन वा कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ,ू प्रवक्ता गिरीले बताए।