२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु

तुलसीपुर, १५ श्रावन ।  दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ निवासी अन्दाजी १४/१५ बर्षीय सविन भण्डारी र सोही ठाउँका अन्दाजी १६/१७ बर्षीय मनोज रोका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जादै गरेको रा १ त ३४७८ नम्बरको जाली बोकेको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तिखौवा ओरालोमा आज बिहान ११ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा दिउँसो सवा १२ बजेको समयमा मृत्यु भएको हो । दुर्घटनामा परी सामान्य घाइते भएका ट्याक्टर चालक तुलसीपुर–१७ मानपुर निवासी २६ बर्षीय सुरेश चौधरी, सोही ठाउँका १५ बर्षीय धन बहादुर चौधरी र तुलसीपुर–१८ बिजौरी निवासी २६ बर्याीय प्रकाश चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।