२०८३ भाद्र १४ गते आइतवार

तुलसीपुरमा ठुलो आवाजमा पट्काउने मोटरसाइकललाई खोजी खोजी कारबाही

तुलसीपुर, २ असार ।  दाङको तुलसीपुरमा ठुलो आवाज निकालेर चलाउने मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । विगत केही दिन यता १३ वटा ठुलो आवाजमा चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सई नरेन्द्र शाहीले जानकारी दिनुभयो । आफु तुलसीपुर ट्राफिक प्रमुखको रुपमा आइसकेपछी यस्ता मोटरसाइकललाई धमाधम कारबाही गर्न थालेको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक कार्यालयको सहकार्यमा यसरी मोडिफाई गरेर ठुलो आवाजमा ध्वनी प्रदुषण गरेर चलाउने मोटरसाइकललाई कारबाही गर्दै आएको उहाँले बताउनुभयो ।

अहिले पनी दैनिक दुईजना ट्रफिकलाई फिल्डमा खटाएर यसरी मोडिफाई गरेर चलाउने मोटरसाइकल खोजी खोजी नियन्त्रणमा लिएर कारबाही गरेर पठाउने गरेको उहाँले बताउनुभयो । पहिलो पटकमा सम्झाई बुझाई गरी साइलेन्सर परिवर्तन गराएर छोडिएको र दोस्रो पटक भेटिए यातायात व्यवस्था कार्यालयलाई कारबाहीका लागी पत्र पठाउने गरेको उहाँको भनाई छ । विशेषगरी रातको १० बजे पछीको समयमा यसरी ठुलो आवाजमा पट्किने मोटरसाइकल बढि चल्ने भएकाले भेटाउन समस्या हुने गरेको उहाँले बताउनुभयो । यसरी ठुलो आवाज बनाएर मोटरसाइकल चलाउदैमा ठुलो मान्छे बन्न नसकिने भन्दै उहाँले स्वरुप परिवर्तन गरेर सबैलाई डिस्टप हुनेगरी मोटरसाइकल नचलाउन आग्रहसमेत गर्नुभएको छ ।।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।