२०८३ भाद्र १३ गते शनिवार

पश्चिम दाङमा अटो दुर्घटना हुदा चालक घाइते

तुलसीपुर, २८ असार ।  पश्चिम दाङमा अटो दुर्घटना हुदा चालक घाइते भएका छन् । घाइते हुनेमा अटो चालक गढवा गाउँपालिका–७ का १९ बर्षीय तवारक राई रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको रा १ ह २९८८ नम्बरको अटो दंगीशरण–६ स्थित बागर बजारमा आज बिहान साढे ११ बजेको समयमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका अटो चालकलाई आधारभुत अस्पताल बागरमा सामान्य उपचारपछी थप उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ । घटनालगत्तै अस्थायी ट्राफिक पोष्ट बागरबाट बरिष्ठ हवल्दार निम बहादुर सुनारसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो । प्रहरीका अनुसार अटोको शाहु अरु नै रहेको पाइएको छ भने उनले आज मात्रै मागेर फलफुलका क्यारेट लिएर पश्चिम रगैजा जाने क्रममा दुर्घटनामा परेको हो । अटो प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।